एसियन शारीरिक सुगठन विशाल र सनमलाई स्वर्ण

भक्तपुर, भदौ १९
काठमाण्डौमा जारी ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि विशाल पौडेल र सनम मुलगुठीले स्वर्ण जितेका छन् ।
एसियन शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपमा विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथीको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण हात पारेका हुन् । थाईल्याण्डका बालान्कन पठानसिरावत तेश्रो स्थानमा रहे ।
च्याम्पियनसिपको महिला स्विम सुट फिजिक खुल्ला विधा तर्फ सनमले स्वर्ण जितिन् । उनले हङ्गकङ्ग चाईनाकीका सिन यीलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् । तेश्रो स्थानमा कोरियाकी किम सोयुन रहिन् ।
नेपालका लागि पदक दिलाउने क्रममा पुरुष ५५ केजीमा सुरेश दुवालले रजत जोडे । उनी भियतनामका बुइ दाक फि भुसंग पछाडी परेका थिए । मलेसियाका अज्री विन अस्मत सेफ्रिले कास्य पाए ।
यस्तै अर्को पदक नेपालले ६० केजी तौलमा हात पा¥यो । अश्मिन बाबु गरुङ्गेले रजत र कमल भण्डारीले कास्य पाए । यस विधामा थाईल्याण्डका जिराफन पोङ्गकामले स्वर्ण जिते ।
च्याम्पियनसिपको पहिलो दिन पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी सम्म र ७५ केजी माथी, पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, महिला जुनियर फिटनेस फिजिक २१ बर्ष र मुनी, महिला फिटनेस फिजिक १६५ सेमी सम्म, १६५ सेमी माथी, महिला टिनेज एथलेट फिजिक १५–१८ बर्ष, महिला स्विम सुट खुल्ला, महिला जुनियर मोडल फिजिक २१ बर्ष मुनि, पुरुष मास्टर्स शारीरिक सुगठन ४० देखि ४९ बर्ष, ५० देखि ६० बर्ष र ६० बर्ष माथी गरि १५ बिधामा प्रतिस्पर्धा भएको थियो ।

च्याम्पियनसिपमा १७ राष्ट्रका १ सय ६८ पुरुष र ६८ महिला गरि २ सय ३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।
शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको छ ।
च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा भइरहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *