एएसबीसी यु–२२ बक्सिङमा सुस्मा तामाङ रजतमा सिमित

भक्तपुर, माघ ११
थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा नेपाली मुक्केवाज सुस्मा तामाङ रजत पदकमा सिमित भएका छन ।
महिला ४८ किलो तौल समुहको फाईनलमा सुस्मा उज्वेकिस्तानी मुक्केबाज फोजिलोभा फरजोनासंग ५–० अंकको आधारमा पराजित हुँदै रजत पदकमा सिमित बनेका हुन ।
उनले क्वाटरफाईनलमा भियतनामकी क्यूनहानलाई ५–० अंक र सेमिफाईनलमा मंगोलियाका बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित फाइनल प्रवेश गरेका थिए ।
त्यसैगरी महिला ५७ किलो तौल समुहमा हेमा राईले कास्य पदक जितिन । उनले सिंगापुरका खेलाडीलाई ५–० अंकको आधारमा पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका थिए । सेमिफाइनलमा हेमा मंगोलियाका बत्तुर जोल्जारगलसँग ५–० अंकको आधारमा पराजित हुँदैं कास्य पदकमा सिमित भएका हुन ।
महिला ७५ केजी तौल समुहमा त्रिशा जवेगु काजिकिस्तानी एरजन गुल्सायसंग ५–० अंकले पराजय भोग्दै कास्य पदक जितिन ।
मेडल तथा पुरस्कार वितरण समारोहमा थाईल्याण्डका लागि नेपाली राजदुत गणेश प्रसाद ढकाल, नेपाल बक्सिङ संघका सदस्य तथा प्रवक्ता अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवाले समेतको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *