इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासनको आग्रह

भक्तपुर, चैत्र १३
जिल्ला प्रशासन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले आइतवार एक सूचना जारी गरी आसन्न स्थानीय निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरु मिति २०७८ चैत्र ३० गतेसम्म नजिकको प्रहरी इकाईमा बुझाउन आग्रह गरेको हो ।
स्थानीय निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरु मिति २०७८ चैत्र ३० गतेसम्म नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीलाई अनुरोध गर्ने भनी मिति २०७८ चैत्र १० गते बिहिवार बसेको गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकको निर्णय अनुसार सूचना जारी गरेको सहायक प्रजिअ शर्माले बताउनुभयो ।
उहाँले प्राप्त हातहतियार निर्वाचन पश्चात सम्बन्धीत धनीलाई फिर्ता गरिने जानकारी समेत दिनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *