आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा जितको लागि नेपाललाई १०६ रनको लक्ष्य

भक्तपुर, भदौ २२
नेपालले आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा जितको लागि १०६ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतीमा १०५ रन बनाएपछि नेपालले १०६ रनको लक्ष्य पाएको हो ।
थाइल्यान्डले ओपनर सुवानान खिआटोलाई २ रनमा गुमाएपछि नट्थाकन चान्थम र नन्नापट कोन्चारोइन्केको जोडीले उत्कृष्ट पारी खेल्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । चान्थम ४५ बलमा ३९ रन बनाउँदैं आउट भए । उनी पुजा महतोको बलमा काजोल श्रेष्ठद्धारा क्याच आउट भएका थिए । थाइल्यान्डका नन्नापट ६३ बलमा ५९ रन र चनिदा ८ बलमा ११ रन बनाउँदैं अविजित रहे ।
नेपालका लागि कविता कुँवरले ४ ओभरमा एक मेडनसहित १७ रन खर्चिएर एक विकेट लिए भने पुजा महतोले ३ ओभरमा २० रन खर्चिएर एक विकेट लिए ।
जवाफी व्याटिङ गरेको नेपालले पहिलो भोरमा एक विकेट गुमाएको छ । पहिलो ओभरको तेस्रो बलमा काजोल श्रेष्ठ शुन्यमा आउट भए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *