अबैध कल सेन्टर संचालक चिनिया नागरिकसहित ८० जना पक्राउ

भक्तपुर, फागुन १०
भक्तपुरमा अवैध कल सेन्टर सञ्चालन गर्ने सञ्चालकसहित ८० जनालाई प्रहरीले सानोथिमिबाट आज पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कल सेन्टर सञ्चालक चिनिया नागरिक २९ वर्षिय वाङजी नाउ ( ध्बलनशष्लबय)सहित ३३ जना पुरुष र ४७ जना महिला छन ।
प्रहरीले प्राप्त गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दै सानोथिमिस्थित एक ३ तले घरमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट कल सेन्टर सञ्चालन गर्न प्रयोग भएका डेस्कटप कम्प्युटर १४ थान, ल्याप्टप ४८ थान र आइप्याड २ थानसहितका उपकरणहरु समेत बरामद गरेको छ ।
काठमाण्डौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टको कोठा नं. १२०६ मा बस्दै आएका चिनिया नागरिक वाङजीले कल सेन्टरमार्फत विभिन्न व्यक्तिहरुलाई धम्काउने र गाली गलोज गर्ने गर्दै आएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
विभिन्न प्रणालीमार्फत भारतीय मुलका युवा युवतीहरुलाई छोटो समयको लागि ५–१० हजार रुपैंयाका सानो सानो मात्रामा ऋण लगानी गरी उक्त ऋणको निश्चित ब्याज सहित तोकिएको समय भित्र उठाउन ऋणिहरुलाई कल सेन्टर मार्फत सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य गर्दै आएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
पक्राउ परेकाहरुलाई महानगरिय प्रहरी परिसर र वृत्त थिमिमा राखी थप अनुसन्धान कार्य भइरहेको पाण्डेले जानकारी दिनुभयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *