अनेरास्ववियु मध्यपुर थिमि नगरसमितिका पूर्वअध्यक्ष विवेक भासिमासहित दर्जनौ युवा नेपाली कांग्रेसमा प्रवेश

भक्तपुर, चैत्र १
नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मध्यपुर थिमि नगरसमितिका पूर्वअध्यक्ष विवेक भासिमाको नेतृत्वमा एक सय भन्दा बढी युवा नेपाली कांग्रेस प्रवेश गरेका छन ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको महाधिवेशनका लागि मध्यपुर थिमिमा जारी तरुण दलको संगठित सदस्यता वितरण एवम् यूवा भेलाका क्रममा भुलाँखेलमा आयोजित कार्यक्रममा विवेकसहितका युवाहरु कांग्रेसमा प्रवेश गरेका हुन ।


काग्रेस प्रवेश गर्ने युवाहरुमा विवेकसहित निराजन प्रजापति, रिजेन शाही, सोहन श्रेष्ठ, निकेश प्रजापति, दिपेन भासिमा, अनिश प्रजापति, सोनिम अवाल, करुण श्रेष्ठ, रितेश तको, श्रीजन श्रेष्ठलगायतका छन ।
नवप्रवेश युवाहरुलाई नेपाली कांग्रेस मध्यपुर थिमि नगरसभापति हरीदास प्रजापति, नेपाल किसान महासंघ भक्तपुर सभापति ईन्द्रबहादुर प्रजापति, नेपाल तरुण दलका केन्द्रीय सदस्य राजु थापालगायतले स्वागत गर्दै तरुण दलको सदस्यता समेत प्रदान गर्नुभएको थियो ।
सो अवसरमा नगरसभापति प्रजापतिले नवप्रवेशी साथीहरुलाई उचित समयमा पार्टी र भातृ संगठनको विभिन्न जिम्मेवारी दिने प्रतिवद्धता जनाउनुभयो । उहाँले यसवाहरुको प्रवेशले मध्यपुर थिमिमा कांग्रेस थप मजबुद बन्ने विश्वास व्यक्त गर्नुभयो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *