अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा एक युवती पक्राउ

भक्तपुर, फागुन २९
अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ कि ३६ वर्षिया अञ्जली विसुंखेलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल टिकटकबाट एक युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाई आफू इंगल्याण्डको नागरिक फ्र्यांकलिन पाउल रहेको र श्रीमतीको मृत्यु भइसकेकाले नेपाल आई विवाह गरेर इंगल्याण्ड लैजाने प्रलोभन देखाएर १५ लाख रुपैंया ठगी गरेको अभियोगमा पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो ।
बिसुंखेले पीडितलाई ह्वाट्सएप च्याटबाट तिम्रो नाममा जुत्ता, ब्याग, आईफोन, सुनका गहनाहरुसहितको ७० हजार अमेरिकी डलरको लगेज पठाएको छु भन्दै कुरियरले सम्पर्क गर्छ भनेर झुक्याएको पनि प्रहरीले जनाएको छ ।
उनले पीडितसँग पार्सलको डेलिभरी चार्ज, भन्सार शुल्क, बीमा शुल्क आदि शीर्षकको रकम भन्दै १५ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको एसपी राठौरले बताउनुभयो । उनलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान र कारवाहीका लागि प्रहरी परिसर काठमाण्डौं टेकु पठाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *