अखिल नेपाल भिक्षु महासंघकाे अध्यक्षमा भिक्षु धम्मशाेभन महास्थविर सर्वसम्मत

काठमाण्डाै, मंसिर १८ गते शनिवार

अखिल नेपाल भिक्षु महासंघकाे अध्यक्षमा भिक्षु धम्मशाेभन महास्थविर सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकाे छ ।  उहाँकाे नेतृत्वमा महासंघकाे २४ औं साधारणसभाले अध्यक्ष लगायत महासचिव, सचिव, काेषाध्यक्ष सर्वसम्मत र उपाध्यक्ष र सदस्यमा चुनावद्वारा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेकाे हाे ।

नेपालका संघनायक र उपसंघनायककाे समुपस्थितिमा विश्वशान्ति विहार, मीनभवन, काठमाण्डाैंमा सम्पन्न साधारणसभाले उपाध्यक्षद्वयमा भिक्षु शीलभद्र महास्थविर र भिक्षु सद्धातिस्स महास्थविर, महासचिवमा भिक्षु धर्मगुप्त महास्थविर, सचिवमा भिक्षु निग्राेध महास्थविर, काेषाध्यक्षमा भिक्षु बाेधिज्ञान महास्थविर तथा सदस्यहरूमा भिक्षु उपतिस्स महास्थविर, भिक्षु पञ्ञामूर्ति महास्थविर, भिक्षु पञ्ञारतन, भिक्षु पञ्ञासार, भिक्षु विमलाे, भिक्षु सिरिवजिर, भिक्षु शारद, भिक्षु शान्त र भिक्षु मेधंकर चुनिनु भएकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *